टी–२० विश्वकप : नेपाल र दक्षिण अफ्रिकाबीचको खेल शुरु

 जेठ ३२, २०८१ शनिबार ५:२३:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेल शुरु भएको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा नेपालले टस जितेर पहिला बलिङ रोजेपछि दक्षिण अफ्रिकाले ब्याटिङ थालेको छ । समूह ‘डी’ मा दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर–आठमा पुगिसकेको छ । नेपाल २ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ ।

‘सुपर–८’ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको थियो ।

यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अङ्क बाँडिएको थियो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । यस्तै दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४ विकेट र तेस्रो खेलमा बङ्गलादेशलाई ४ रनले हराएको थियो ।

आजको खेलमा नेपाली टोलीमा सन्दीप लामिछाने पनि समेटिएका छन् । उनले ५२ वटा टी–२० खेलमा ९८ विकेट लिएका छन् । आज दक्षिण अफ्रिकासँगको खेलमा २ विकेट लिए उनी टी–२० क्रिकेटमा एक सय विकेट लिने पहिलो नेपाली खेलाडी समेत बन्नेछन् । टी–२० विश्वकप क्रिकेटमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित भारत, अस्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिका प्रतियोगिताको सुपर–आठमा पुगिसकेका छन् ।

यसैबीच अहिले बिहान सवा ६ बजे हुने खेलमा न्युजिल्यान्ड र यूगान्डा खेल्दैछन् । समूह ‘सी’ मा रहेका न्युजिल्यान्ड र युगान्डाका लागि आजको यो खेल प्रतिष्ठाको खेल मात्रै हुनेछ । किनभने यो समूहबाट आयोजक वेस्ट इन्डिज र अफगानिस्तान सुपर–आठमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया