उर्लाबारीमा  आगलागी : १ करोड ११ लाखका क्षति

 मंसिर ४, २०७५ मंगलबार १८:३१:५१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – उर्लाबारीमा मंगलबार दिउँसो भएको आगलागीबाट एक करोड ११ लाखभन्दा बढीको क्षति भएको छ ।

उर्लाबारी नगरपालिका वडा नम्बर ७ इटहरा रोड बस्ने भक्तराम अधिकारीको काठको २ तले घरमा अचानक आगलागी भएको थियो । अधिकारीको आफ्नै किराना पसलबाट विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट अधिकारीको घरसहित सुन, नगद गरेर एक करोड ११ लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै आगलागीबाट अधिकारीका छिमेकी अर्जुन न्यौपानेको  घर समेत जलेर नष्ट भएकोे छ । आगो नेपाल प्रहरी,  सशस्त्र प्रहरी, स्थानीयवासी, विभिन्न स्थानबाट आएका ६ वटा दमकलको सहयोगमा साँझ पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया