प्रदेश एकको नाम र राजधानी सर्वसम्मत हुने सम्भावना छैन : मन्त्री कार्की

 मंसिर ५, २०७५ बुधबार १७:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले प्रदेश र राजधानीको नाम सर्वसम्मत हुने सम्भावना नरहेको बताउनुभएको छ ।

मंगलबार साँझ खोटाङ आइपुग्नु भएका मन्त्री कार्कीले बुधबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न चार÷पाँच वटा नाम प्रस्तावमा आएकाले बढीभन्दा बढीको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगो लगाइने बताउनुभयो ।

प्रदेशका लागि सगरमाथा, कोशी, किरात, लिम्बू, मेची, बिराटलगायतका नाम आएकाले सबैभन्दा बढीको पहिचान बोक्ने, सबैभन्दा बढीले रुचाउने र सबैभन्दा बढीको निकट हुने खालको नामबाट प्रदेशको नामाकरण गर्ने जानकारी दिनुभयो । उहाँले प्रदेशको राजधानी बनाउने नाममा खेतीयोग्य जमिन तथा जंगल मास्ने काम नगरिने स्पष्ट पार्नुभयो ।


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया