ललितपुरबाट सुन, सुन गाल्ने मेशिन र ५० लाख नगदसहित ५ जना पक्राउ

 असार २१, २०८१ शुक्रबार १४:४१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–१४ ताल्छिखेलमा निर्माणाधीन घरमा हिजो छापा मार्दा शङ्कास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट झन्डै १ सय ७० ग्राम सुन, २ सय ४६ ग्राम चाँदी, सुन गाल्ने मेशिन, डिजिटल तराजु र ५० लाख चार हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ । पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन् ।

छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २८ वर्षीय विभूतेसहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष विभूते छन् । त्यस्तै भक्तपुरको सूर्यविनायक–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुर महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार पनि पक्राउ परेका छन् ।

प्रहरीले चेकबुक, बैंकमा नगद जम्मा गरेको भौचरसमेत बरामद गरेको छ । सुन गाल्ने मेशिन नै भेटिएकाले यस समूहले सङ्गठित रूपमा अवैध सुनको कारोबार गरेको प्रहरीको आशङ्का छ । पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइने एसपी सुवेदीले बताउनुभयो ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया