पहिलो टी–२० क्रिकेट : भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित

 मंसिर ५, २०७५ बुधबार १८:४२:३७ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगितामा भारत चार रनले पराजित भएको छ । 

अष्ट्रेलियाको ब्रिस्बेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले डकवर्थ एण्ड लुइसको नियमका आधारमा भारतलाई एक सय ७४ रनको लक्ष्य दियो । उसका लागि ग्लेन म्याक्सवेलले ४६, क्रिस लिनले ३७ तथा मार्कस स्टोइनिसले ३३ रन बनाए । यस्तै आरोन फिन्चले २७ रन थपे । बलिङतर्फ भारतका कुलदीप यादवले दुई विकेट लिए ।

जवाफमा भारतले १७ ओभरमा झारिएको खेलमा सात विकेट गुमाउँदा एक सय ६९ रनमा रोकियो । उसका लागि शिखर धवनले ७६ तथा दिनेश कार्तिकले ३० र ऋषभ पन्तले २० रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । जितसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खलामा एक–शून्यको अग्रता बनाएको छ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया