बाढीका कारण ६ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द

 असार २२, २०८१ शनिबार ११:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – निरन्तरको वर्षासँगै आएको बाढीका कारण छ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार तामाकाेशी खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गएराति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ ।

यस्तै ६० मेगावाटको माथिल्ला त्रिशुली थ्री 'ए' र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन बन्द भएको छ । समग्रमा विद्युत प्राधिकरण र यसका सहायक कम्पनीबाट उत्पादन हुने पाँच सय २६ मेगावाट जलविद्युत उत्पादन बन्द भएको छ ।

यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट विजुली उत्पादन बन्द भएको छ ।

यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी 'ए', सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशुली, पाँच मेगावाटको देविघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विभिन्न आयोजनाको विद्युत उत्पादन प्रभावित हुँदा पनि बिजुली अपुग भने नहुने प्राधिकरणले जनाएको छ । अहिले विद्युत प्राधिकरण र निजी क्षेत्रको गरेर दुई हजार दुई सय सात मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । देशमा अहिले अधिकतम एक हजार सात सय १० मेगावाट बिजुली खपत भइरहेको छ । छ सय ४१ मेगावाट बिजुली भारततर्फ निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया