अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुआत
फागुन ५, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेन्चमा बसेको हो । अहिले प्रतिनिधि सभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेन्चमा छ । एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगै बस्न पुगेको हो ।
आजको बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेन्चमा देखिएका हुन् । प्रतिपक्षी बेन्चबाट बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।
यसैबीच प्रतिनिधि सभा बैठकभन्दा अघि बसेको नेकपा एमाले संसदीय दलको बैठकले स्पष्ट रूपमा अल्पमतमा परेकाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । यदि प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । यसअघि नेपाली कांग्रेसले हिजै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
यसैबीच नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत दिने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकपछि नेता जगन्नाथ खतिवडाले अहिलेको सरकारलाई विश्वास मत दिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।