इजरायल–गाजा युद्धको ९ महिना पूरा, झन्डै ४० हजार जनाको ज्यान गयाे

 असार २३, २०८१ आइतबार १८:३३:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गएको वर्षको अक्टोबर ८ तारिखमा गरेको आक्रमणको ९ महिना पूरा भएको छ । युद्धमा प्यालेस्टिनी भूमि गाजामा ३८ हजार १ सय जनाभन्दा धेरैको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा इजरायलमा १ हजार २ सय जनाको ज्यान गएको थियो भने लडाकु समूहले २ सय ५० जनालाई बन्धक बनाएको थियो । युद्धविराम र कैदी आदानप्रदान सम्झौतापछि हमासले १ सय जनाभन्दा बढी व्यक्तिलाई रिहा गरेको थियो । त्यसको तेब्बर सङ्ख्यामा प्यालेस्टिनी बन्दी रिहा भएका थिए ।

युद्ध रोक्नका लागि कुटनीतिक प्रयासहरू भइ रहे पनि नतिजा निस्कन सकेको छैन । यसैबीच इजरायलले कतारको दोहामा भर्खरै शुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आउँदा दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका खबरमा उल्लेख छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको मे महिनामा युद्धविराम सम्झौताको मार्गप्रशस्त गर्ने घोषणा गर्नुभएको थियो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया