बेरील आँधी : अमेरिकाको टेक्सस राज्यमा १० लाख जना मानिस बिजुलीविहीन

 असार २९, २०८१ शनिबार १५:२१:३१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

बेरील आँधीले अमेरिकाको टेक्सस राज्यको जनजीवन अस्तव्यस्त भएको छ । टेक्ससका झन्डै साढे दुई लाख वटा घरका १० लाख जनाभन्दा धेरै मानिस हिजोदेखि बिजुलीविहीन अवस्थामा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आँधीबेहरी बेरीलले रूख र बिजुलीका पोल भाँचिदा ठाउँ–ठाउँमा बिजुलीको सेवा अवरुद्ध भएको हो । टेक्सासको सबैभन्दा ठूलो विद्युत प्रदायक सेन्टरपोइन्ट एनर्जीले आफ्ना आठ लाख ६० हजार जना ग्राहकहरू प्रभावित रहेको बताएको छ । १४ लाख जनाभन्दा धेरै ग्राहकको गएको बिजुलीलाई फेरि जोड्ने काम भएको छ ।

ह्यु्स्टनमा पनि आँधीको प्रभाव परेको छ । तापक्रम बढेर ३८ डिग्री सेल्यिसभन्दा माथि पुगेको अवस्थामा बिजुली बन्द हुन्दा निकै समस्या भएको स्थानीयले बताएका छन् । कोलोराडो स्टेट युनिभर्सिटीका मौसमविदले अझै ६ वटा ठूला आँधीबेहरीको पूर्वानुमान गरेका छन् ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया