'आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर' अवार्ड नेपाललाई

 साउन २, २०८१ बुधबार १७:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी लिग–२ काे खेल हेर्न आएका समर्थककाे भीड, तस्बिर : क्यान

काठमाण्डाै – नेपालसहित ६ वटा देशले आईसीसी डेभलपमेन्ट अर्वाड्स पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले 'आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर' अवार्ड जितेको हो ।

पछिल्लो वर्ष नेपाली क्रिकेट टिमका समर्थक उल्लेख्य रूपमा बढेका र फ्यानबेस फेसबुकलगायतका सामाजिक सञ्जालमा चार सय प्रतिशतभन्दा बढीको पहुँचमा पुगेको आईसीसीले जनाएको छ । यसअघि नेपालले यही विधामा एसिया क्षेत्रको अवार्ड जितेको थियो । घरेलु मैदानसहित विदेशमा भएका खेलमा नेपाली समर्थकको उपस्थितिले विश्वको ध्यान तानेको थियो ।

यस्तै 'आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर' अवार्ड मेक्सिको क्रिकेट एसोसिएशनले, 'शतप्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसिएटिभ अफ द इयर' अवार्ड ओमानले, 'आईसीसी एसोसिएट मेम्बर मेन्स पर्फमेन्स अफ द इयर' अवार्ड नेदरल्यान्ड्सले, 'आईसीसी एसोसिएट मेम्बर वुमन्स पर्फमेन्स अफ द इयर' अवार्ड यूएई र 'क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर' अवार्ड स्कटल्यान्डले जितेका छन् ।

एसोसिएट सदस्यले क्रिकेटको विकासका लागि गरेका प्रयासहरूलाई प्रोत्साहन गर्न आईसीसीले अवार्ड दिँदै आएको छ ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया