राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर –७, का वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिनुभएको छ ।
बुटवलको रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई भवन निर्माणका लागि १० बिगाहा जग्गा दिने नगर कार्यपालिकाको निर्णयमा असहमति जनाउँदै उहाँले वडाध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले बैठकमा पाँच बिगाहा मात्रै जग्गा दिनुपर्ने प्रस्ताव राख्नु भएको थियो । इमेलमार्फत राजीनामा घोषणा गर्दै आफू भारतको मुम्बई भ्रमणमा जान लागेको बताउनु भएका वडाध्यक्ष पाण्डेको राजीनामा कार्यालयमा प्राप्त नभएको तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
पाण्डे स्थानीय चुनावमा तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।