दलका नेताहरुविरुद्ध देउवाको आक्रोश: ओली सरकारको विरोध गर्न किन डराएकाे ?

 मंसिर ६, २०७५ बिहिबार १७:४३:१३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आलोचना गर्न डराएको भन्दै आफनै दलका नेताहरुविरुद्ध आक्रोश पोख्नु भएको छ ।

प्रदेश नम्बर पाँचको राजनैतिक सुझाव संकलनका लागि रुपन्देहीको भैरहवामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले माधव नेपालले सरकारको आलोचना संसदबाटै गर्दा आफनो पार्टिका नेताहरु भने अधिनायकवादउन्मुख ओली सरकारको विरुद्ध बोल्न नखोजेको बताउनु भएको हो ।

उहाँले सरकारका विरुद्ध बोल्ने बेला पार्टिका नेताहरुले आफनोविरुद्ध बोल्दै हिँडेको आरोप लगाउनु भयो । मेरो विरुद्ध बोलेर समय खर्चनुभन्दा सरकारविरुद्ध बोल्नु ठिक हुन्छ, देउवाले भन्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सरकारले जनताका समस्यालाई नजरअन्दाज गर्दै अधिनायकवादको बाटोतर्फ उन्मुख भइरहेको बताउनुभयो । उहाँले संसद र सडक दुवै क्षेत्रबाट सरकारको सशक्त विरोध आवश्यक रहेको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया