एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

 साउन २३, २०८१ बुधबार १५:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको छ ।

आज दिउँसो १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट चार जना चिनियाँ यात्रु लिएर रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

हेलिकप्टर शिवपुरी–७ सूर्यचौर डाँडामा खसेर आगलागी भएपछि प्रहरी र स्थानीय बासिन्दा पुगेका थिए । प्रहरी पुग्दा पाँच जनाकै जनाको ज्यान गएको नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

क्याप्टेन अरुण मल्लले उडानुभएको हेलिकोप्टरमा चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका थिए । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । तर दुर्घटनाको कारणबारे पत्ता लागेको छैन ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा हेलिकप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले १५ दिनमै अर्काे हवाई दुर्घटना हुनु दुःखद भएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

तस्बिर : नेपाल प्रहरी

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया