बाग्लुङ पहिरो : तीन जना बालबालिकाकाे अवस्था अझै थाहा हुन सकेन

 साउन २४, २०८१ बिहीबार १३:०:१२ | रासस
unn.prixa.net

तस्बिर : रासस

बागलुङ – बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा अस्ति मङ्गलवार बिहान खसेको पहिरोमा परेका तीन जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेको छैन ।

पहिरोमा परेका सात वर्षीया मधु र १० वर्षीय मनोज बुढा तथा ११ वर्षीय सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ । यसअघि यही पहिरोमा परेका ६ जनाको शव निकालिएको थियो ।

बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले पहिरोमा परी घाइते भएका अरू तीन जनाको काठमाण्डौको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जानकारी दिनुभयो ।

यसैबीच सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया