दाङको टरिगाउँ विमानस्थलबाट हप्तामा दुई दिन उडान हुने
भदौ २९, २०८१ शनिबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षमा भर्ना खुलाएको छ । शैक्षिक वर्ष २०८१/०८२ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना खुलेको हो ।
त्रिविको शिक्षाध्यक्ष कार्यालयकाअनुसार स्नातक तह पहिलो वर्षका लागि साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउन सकिन्छ । असोजदेखि कक्षा सञ्चालन हुनेछ भने आउँदो वैशाखमा परीक्षा फाराम बुझाउनु पर्नेछ । जेठमा कक्षा समाप्त भएर असारमा अन्तिम परीक्षा हुने त्रिविले जनाएको छ ।
परीक्षा सकिएको तीन महिना अर्थात् असोजमा नतिजा प्रकाशन हुने पनि त्रिविले निकालेको सूचनामा उल्लेख छ । विद्यार्थीले प्रवेश चाहेको हरेक सङ्काय, अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्ने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।