यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो
भदौ २९, २०८१ शनिबार
सन् २०२४ को जुलाई महिना विश्वको दोस्रो सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड भएको छ । युरोपियन युनियनको जलवायु परिवर्तनसम्बन्धी निगरानी राख्ने निकाय कोपर्निकस जलवायु परिवर्तन सेवाले यस वर्षको जुलाईको तापक्रम गएको वर्षको तुलनामा थोरै कम हुँदै अहिलेसम्मको दोस्रो तातो महिनाको रूपमा रेकर्ड भएको जनाएको हो ।
यस वर्ष जुलाईको औसत सतहको हावाको तापक्रम १६ दशमलव ९१ डिग्री सेल्सियस थियो जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव शून्य चार डिग्री सेल्सियस कम रहेको कोपर्निकसलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।
यद्यपि यो वर्ष जुलाई २२ र २३ को दिन सबैभन्दा बढी तातो दिनको रूपमा रेकर्ड भएको थियो । जुलाई २२ मा तापक्रम १७ दशमलव १६ र जुलाई २३ मा १७ दशमलव १५ डिग्री सेल्सियस मापन भएको थियो ।
जलवायु परिवर्तनको विनाशकारी प्रभाव विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन पूर्ण शून्यमा नपुग्दासम्म तापक्रम निरन्तर बढिरहने जोखिम रहेको रिपोर्टमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।