एकदिवसीय वरीयतामा रोहित शर्मा तेस्रो स्थानमा, कोहली एक स्थान तल झरे

 साउन २४, २०८१ बिहीबार १५:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयतामा भारतीय कप्तान रोहित शर्मा तेस्रो स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा रोहित शर्मा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका हुन् । यस्तै भारतकै विराट कोहली भने एक स्थान तल झर्दै चौथो स्थानमा पुगेका छन् । यस्तै नेपालका कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ९१ औँ स्थानमा पुगेका छन् । यो सूचीको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम र दोस्रो स्थानमा भारतका शुभमन गिल छन् ।

यसैगरी एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज, दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड र तेस्रो स्थानमा अस्ट्रेलियाकै एडम जम्पा यथावत् छन् । यो सूचीमा नेपालका सोमपाल कामी एक स्थान सुधार गर्दै ८१ औँ स्थानमा आइपुगेका छन् ।

यसैगरी एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नबी, दोस्रो स्थानमा बङ्गलादेशका शाकिब अल हसन र तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा यथावत् छन् । यो सूचीमा नेपालका कुशल मल्ल र सोमपाल कामी समान एक स्थान सुधार गर्दै क्रमशः ४७ औँ र ५१ औँ स्थानमा आइपुगेका छन् । यस्तै नेपालकै सन्दीप लामिछाने दुई स्थान तल झर्दै ७५ औँ स्थानमा पुगेका छन् ।

यसैगरी एकदिवसीय टिम वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका यथावत् छन् ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया