कङ्लकी –बसुन्धरा सडकमा सास्ती (फोटो फिचर)
भदौ २९, २०८१ शनिबार
बाँके – राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासी चिन्तित भएका छन् । विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसकेकाे छ, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ ।
राप्ती सोनारी गाउँपालिका–७ खल्लाझगडियाका शङ्कर यादवले ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षाकाे समयमा राम्ररी निदाउन पनि नसकिएको गुनासो गर्नुभयो । दिउँसो नदीमा बाढी आएको थाहा हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ ।
तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन कटान भइसकेको छ ।
राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका झण्डै एक हजार परिवार राम्रोसँग निदाउन नसकेको पिप्रहवा गाउँका दुर्गाप्रसाद पाण्डेले बताउनुभयो ।
राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा राप्ती सोनारी गाउँपालिका–६ र ७ तथा नरैनापुर गाउँपालिकाका ६० हजार जनाभन्दा धेरै नागरिक डुबानको उच्च जोखिममा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।