६ किलाे काेकिनसहित विदेशी नागरिक पक्राउ

 साउन २४, २०८१ बिहीबार १८:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले ६ किलो २४ ग्राम लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

हिजाे कतार एअरवेजको विमानमार्फत काठमाण्डाै आएका ५१ वर्षीय लाटभियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान जाँचका क्रममा काेकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बोकेको ह्यान्ड क्यारी सुटकेसभित्र काेकिन भेटिएकाे प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो ।

बरामद गरिएको कोकिनको बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ बराबर रहेकाे प्रहरीले भनाइ छ ।

अन्तिम अपडेट: असोज २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया