सडकमै मञ्च बनाएर नेकपाको शक्ति प्रदर्शन, अन्तिम समयमा विप्लव नआउने भए

 मंसिर ८, २०७५ शनिबार १३:५:१९ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंको प्रदशर्नी मार्गमा जनसभाको आयोजना गरेको छ । 

नेकपाले पुतलीसडकबाट राष्ट्रिय सभागृहतर्फ जाने सडकमै मञ्च खडा गरेर सभा आयोजना गरेको छ । सभाका कारण त्यस क्षेत्रमा आवतजावत ठप्प बनेको छ । 
सभास्थलमा विभिन्न क्षेत्रबाट नारा जुलुस सहितको र्याली आउने क्रम जारी छ । 

पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेकपाले जनसभा गरेको हो । जनसभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइएको भए पनि अन्तिम समयमा उहाँ सहभागी नहुने भएको छ । सुरक्षाका कारण सहभागी नहुने बुझिए पनि पार्टीले भने कुनै कारण खुलाएको छैन ।  

तर   पार्टीका महासचिव समेत रहनुभएका ‘विप्लव’ले लिखित शुभकामना सन्देश भने पठाउनुभएको छ । 

जनसभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रकाण्डले आमसभामा पार्टीको भावी नीति तथा कार्यक्रमसमेत प्रस्तुत गर्ने बताइएको छ ।

जनसभामा विभिन्न राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतका नेतालो सभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ ।   

यसअघि नेकपाले रत्नपार्कमा रहेको शान्ति वाटिकामा सभा गर्ने जनाएको थियो । तर पछिल्लो समय ठाउँ साँघुरो भएको भन्दै प्रदर्शनी मार्गको सडकमै मञ्च बनाएर आमसभाको आयोजना गरेको छ ।

जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • dhama paudyal

    Nov. 25, 2018, 9:27 a.m.

    यसै हो भने प्रचन्डे ले आफु बच्न पुन: बिप्लब माइ मनाएर "मैले त पहिले नै भने को हो नि, एक जना ले सदन कब्जा गर्ने अर्कोले सड" त्यसै भो म आएको छु ।" भन्ने छ । तला माथी दुबै तिर बाट बोल्ने हो प्रचन्डे । केहि नलागे भाग्छ बिदेश तिर ।तर छोरो मर्यो स्वास्नी घिड्घिडो छ त्यो अपार धन ले के गर्छ यस्लाई ?

  •  0 Reply

तपाईको प्रतिक्रिया