पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – संसदीय समितिमा सांसदहरूले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजकाे बैठकमा सांसदहरूले सरकारले वायु सेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन् । निगम आर्थिक रूपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने उहाँहरूकाे प्रस्ताव छ ।
बैठकमा नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले भारतमा पनि एअर इन्डियाले जहाज चलाउन नसक्दा टाटा एअरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा वायु सेवा निगमलाई लैजान आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सरकारले चलाउन नसक्ने भए प्रक्रियागत रूपमा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले वायु सेवा निगमको वर्तमान समस्याको हल निजीकरण नै भएकाे जिकिर गर्नुभयाे । राष्ट्रिय ध्वजावाहक निजीकरण गर्नु राम्रो नभए पनि सधैं समस्या र आर्थिक रूपमा कमजोर बनाएर चालउन नहुने उहाँले बताउनुभयो । भारतमा निजीकरण गर्न मिल्छ भने नेपालले पनि गर्न मिल्ने उहाँकाे तर्क छ ।
नेकपा एमालेकी सचेतक सुनिता बरालले व्यापार हुने समयमा वायु सेवा निगमका चार वटा जहाजमध्ये तीन वटा जहाज ग्राउन्डेड भएको भन्दै नेतृत्वको क्षमतामाथि प्रश्न उठाउनुभयो । उहाँले निगमको नेतृत्व जहाज सञ्चालन गर्ने सन्दर्भमा जिम्मेवार नभएको बताउनुभयो । निगमको नेतृत्वले राजनीतिक दलहरूलाई दोष दिएर भाग्न नमिल्ने उहाँकाे भनाइ छ ।
नेपाली कांग्रेसका सांसद उदयशम्शेर जबराले चार जहाजमध्ये एउटै समयमा तीन वटा जहाज ग्राउन्डेड हुने कुरा विश्वका कुनै पनि देशमा नहुने उल्लेख गर्नुभयो । उहाँले जहाज मर्मतका लागि इजरायल, इटली जाँदा फर्कंदै नर्फकनुको कारण के हो भन्दै प्रश्न गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सार्वजनिक खरिद ऐन पुरानो भएका कारण पनि जहाज मर्मत लगायतमा समस्या भएको बताउनुभयो । उहाँले निगमको संरचनागत सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जहाजका पूर्जाहरू कुन समयमा बनाउनुपर्छ भन्ने सबै तालिकामा हुँदा पनि तीन वटा जहाज एकैपटक ग्राउन्डेड हुनु राम्रो नभएको बताउनुभयो । निगमले जहाज सञ्चालनका लागि सामान्य व्यवस्थापनसमेत गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।