पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । अर्याललाई पर्सि १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मुख्यसचिवमा नियुक्त अर्याल अहिले गृह सचिव हुनुहुन्छ । उहाँ वरीयताक्रममा चौथो नम्बरमा हुनुहुन्थ्यो । अर्याल करिब १५ महिना मुख्य सचिव रहनुहुनेछ । अहिले मुख्य सचिव रहनुभएकी लीलादेवी गड्तौला उमेर हदका कारण आज अवकाश पाउँदै हुनुहुन्छ ।
नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल २०४६ माघदेखि नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएको हो । उहाँले यसअघि विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन र स्थानीय तहमा रहेर काम गरिसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।