विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं, वैशाख २४ – विभिन्न कला विधाका नौ जना नेपाली कलाकार आज बङ्गलादेश पुगेका छन् ।
बंगलादेशको राजधानी ढाकामा वैशाख २४ गते सोमबारदेखि आयोजना हुने नेपाल कला सप्ताहमा सहभागी हुन नेपाली कलाकारहरु ढाका पुगेका हुन् ।
उनीहरु नेपाल ललितकला प्रतिष्ठानकी कुलपति एवम् वरिष्ठ कलाकार रागिनी उपाध्यायको नेतृत्वमा ढाका पुगेका हुन् ।
अन्य सहभागी कलाकारमा रमेशध्वज श्रेष्ठ, एसी सुमन, सुष्मा राजभण्डारी, गणेशकुमार जिसी, चन्दा श्रेष्ठ, रन्जु यादव, मनोज तामाङ र कान्छाकाजी भासिमा छन् ।
श्रेष्ठ, सुमन र राजभण्डारी ललितकला प्रतिष्ठानका परिषद् सदस्य हुन् भने जिसी र चन्दा श्रेष्ठ प्रतिष्ठानका सभासद् हुन् ।
त्यसैगरी, यादवले मिथिला लोककला, तामाङले समसामयिक कला र भासिमाले हस्तकलालाई प्रतिनिधित्व गर्दै बंगलादेश यात्रामा सहभागी भएका हुन् ।
प्रतिष्ठानको लोककला विभागका प्रमुख सुमनका अनुसार नेपाल ललितकला प्रतिष्ठान र बंगलादेश शिल्पकला प्रतिष्ठानले दुई वर्षअघि हस्ताक्षर गरेको सम्झौतापत्रअनुसार यस वर्ष बङ्गलादेशमा नेपालको कला र संस्कृति झल्किने गरी कला सप्ताह हुन लागेको हो ।
कार्यक्रमको आयोजना बंगलादेशको संस्कृति मन्त्रालय र बंगलादेश शिल्पकला प्रतिष्ठानले गर्दैछ ।
कला सप्ताहमा जम्मा ५७ जना नेपाली कलाकारको कलाकृति प्रदर्शित हुनेछ भने त्यस क्रममा आयोजना हुने कला गोष्ठीमा दुवै देशका कलाकार सहभागी हुनेछन् ।