पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – पाँचथरमा हिजो दुई जना बालबालिकाको ज्यान जाने गरी भएको विस्फोट सशस्त्र द्वन्द्वकालको बमका कारण भएको पाइएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ ।
गृह मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले माओवादी कार्यकर्ता आइतराज केरुङको घर नजिकै अर्को पनि बम भेटिएको र त्यो बम पुरानो भएकाले द्वन्द्वकालीन नै भएको बताउनुभएको हो ।
‘पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको प्रहरीको ब्रिफिङ छ ।यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको देखियो’, उहाँले भन्नुभयाे ।
विस्फोटमा आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा घाइते भएका थिए भने दिलीप साँवाका ११ वर्षीय छोरा र अढाई वर्षीया छोरीको अस्पताल लैजाने क्रममा निधन भएको थियो । घाइते बालकका अनुसार आइतराज केरुङको घर नजिकैको अम्रिसो घारीमा भेटिएको वस्तु फुटाउन खोज्दा विस्फोट भएको हो ।
घटनाको सूचना पाएपछि नेपाली सेनाले विस्फोटक पदार्थ निष्क्रिय पार्न एउटा विशेष टोली फालेलुङ गाउँपालिकामा रहेको डाँडागाउँमा पठाएको थियो । सेनाको टोलीले अम्रिसो घारीमा खोजी गर्दा अर्को पनि विस्फोटक वस्तु भेटेर निष्क्रिय पारेको बताएको छ ।
१० वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भएको पाँच वर्षपछि २०६८ सालमा नेपाललाई ल्यान्डमाइनमुक्त घोषणा गरिएको थियो । तर त्यसपछि पनि द्वन्द्वकालमा राखिएका विस्फोटक पदार्थहरू फेला पर्ने र विस्फोटनसमेत हुने घटना भइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।