मोरङमा दुई जना नाबालिकाको शव भेटियो

 भदौ १६, २०८१ आइतबार ६:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – मोरङमा दुई जना नाबालिका मृतअबस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा ३ वर्ष र एक वर्षका बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक नाबालिकाहरू धनकुटाको पाख्रिबास ४ डिकुरे घर भई सुन्दरहरैँचा ७ मालती टोल बस्दै आएका अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् । दुई बालिकाको शव भेटिएको ठाउँमा विषादीको बट्टा पनि भेटिएको र आमा अस्मिता पौडेल सम्पर्कबिहिन रहेकी प्रहरीले जनाएको छ ।

शुक्रवार बेलुका श्रीमान्–श्रीमतीबीच झगडा भएको र बिहानै श्रीमती अस्मिता छोरीहरु लिएर हिँडेको जानकारी आएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया