सप्तरीमा हात्तीले घर भत्काउँदा तामाङ परिवारको बिचल्ली

 मंसिर ९, २०७५ आइतबार १७:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ मा रहेको चौफालमा गएराति जंगली हात्तीले घर भत्काउँदा विजय तामाङ परिवारको बिचल्ली भएको छ ।

मध्ये रातमा आएको हात्तीले स्थानीय विजय तामाङको घर भत्काएको हो । सुतिरहेको अवस्थामा हात्ती आएर घर भत्काउन थालेपछि भागेर ज्यान बचाएको पीडित तामाङले बताउनुभयो ।

हात्तीले घरको छाना भत्काएर अन्नपात खाएको र भाँडाकुँडा कुच्चाएको जानकारी गराउनुभयो । हात्तीले झण्डै पचास हजारभन्दा बढीको क्षति गरेको स्थानीयवासीले बताएका छन् ।

अर्काको काम गरेर गुजारा चलाउँदै आएका तामाङको परिवारको घर हात्तीले भत्काएपछ उनीहरुको झनै बिचल्ली भएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया