भेनेजुएलाका विपक्षी नेता शरण खोज्दै स्पेनमा

 भदौ २३, २०८१ आइतबार १२:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

भेनेजुएला सरकारले राष्ट्रपति पदका विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजले स्पेनमा शरण खोज्दै देश छोडेको जनाएको छ । उप–राष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा केही दिनअघि गोन्जालेजले काराकसमा रहेको स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएको उल्लेख गर्नुभएको छ ।

स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले गोन्जालेज आफ्नै अनुरोधमा स्पेनिस वायुसेनाको विमानबाट देश छाडेको बताउनुभएको छ । उहाँले स्पेन सरकार भेनेजुएलाका सबै राजनीतिक अधिकारका लागि प्रतिबद्ध रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

भेनेजुएलाका विपक्षी दलका नेता गोन्जालेजलाई केहि दिनअघि एक अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गएको जुलाईमा राष्ट्रपतिका लागि भएको चुनावमा निकोलस मादुरो फेरि सत्तामा फर्किएपछि विपक्षीले धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको थियो । तर विपक्षीले चुनावको नतिजा र घोषणामा विवाद गरेपछि उहाँलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । भेनेजुएला राजनीतिक सङ्कटमा गहिरिएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया