पर्वतको लाङ्दीमा पहिरो : १ जनाको ज्यान गयो, पुरिएकी महिलाको...
साउन ४, २०८२ आइतबार
काठमाण्डौ – मुग्लिन–पोखरा सडकको यात्रा कष्टकर भएको गुनासो बढिरहँदा निर्माण कम्पनीले अबको १५ महिनाभित्र सक्ने प्रतिबद्धता जनाएको छ । हिजो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काम चाँडै गर्न निर्देशन दिएपछि निर्माण कम्पनीका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा विभाजन गरी राजमार्ग स्तरोन्नति भइरहेको छ । सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहँदा सङ्घीय राजधानी काठमाण्डौ र पर्यटनको राजधानी पोखरा जोड्ने मुख्य सडक पृथ्वीराजमार्गमा यात्रा कष्टकर छ ।
राजमार्ग निर्माण ढिलो हुँदा स्थानीयबासिन्दा, यात्रु र पर्यटकले सास्ती बेहोर्नुपरेको छ । दुई घण्टामा छिचोलिने बाटो चार घण्टामा पूरा गर्न पनि कठिन भएको छ । राजमार्गको पूर्वी खण्डको काममा केही प्रगति भए पनि पश्चिम खण्डमा निकै ढिलाइ भएको छ ।
हिजो भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पूर्वी खण्डमा निर्माण अघि बढ्दा अहिले केही सहज भएको छ तर पश्चिम खण्डमा काम ढिलो हुँदा यात्रुलाई सास्ती भएको बताउनुभयो । सडक निर्माणमा कुनै समस्या भए प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिबद्धता गर्दै उहाँले कामको गति बढाउन आग्रह गर्नुभयो ।
मुग्लिन पोखरा सडक निर्माण आयोजनाले अहिलेसम्म पूर्वी खण्डमा ६४ प्रतिशत र पश्चिम खण्डमा ३० प्रतिशत काम भएको जनाएको छ । छलफलबाट दोहोरो कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी नघट्ने गरी निर्माण सामग्रीमा एकमुष्ट रोयल्टी लिने निर्णय भएको छ ।
सडक क्षेत्रका बिजुलीका पोल विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्डाखुल्डी पुरी गाडी सञ्चालन सहज बनाउन आयोजनाले काम गर्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।