पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
कालीकोट – कर्णाली प्रदेशका चार वटा जिल्लामा हिजो दिउँसो ३ बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा १९ घण्टापछि सञ्चालनमा आएको छ । सुर्खेत–दैलेख विद्युत् प्रसारण लाइनमा 'फल्ट' देखिएपछि हिजो दिउँसोदेखि दैलेख, कालीकोट, जुम्ला र मुगुमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।
विद्युत् सेवा अवरुद्ध भएपछि प्राविधिक टोली फिल्डमा पठाएको र घना जङ्गल भएका कारण 'फल्ट' पत्ता लगाउन ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कसयद यादवले बताउनुभयो ।
केही समयअघि दैलेखमा परेको चट्याङका कारण ३३ केभी प्रसारण लाइनको सात वटा 'इन्सुलेट पिन' मा क्षति पुगेको यादवले बताउनुभयो । कर्णाली प्रदेशमा विद्युतीय संरचनाको क्षमताभन्दा बढी विद्युत् लोड भएका कारण बेला बेला विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।