भेनेजुएलाका विपक्षी नेता उरुटियाले लोकतन्त्रका लागि सङ्घर्ष गरिरहने

 भदौ २४, २०८१ सोमबार १३:११:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले आफ्नो देशको लोकतन्त्रका लागि सङ्घर्ष गरिरहने बताउनुभएको छ । गएको जुलाईको आमचुनावमा राष्ट्रपति निकोलस मदुरोका प्रतिस्पर्धी गोन्जालेजले हिजो देश छाड्नुभएको थियो । उहाँलाई स्पेनले राजनीतिक शरण दिएको छ ।

उहाँले आफ्नो सञ्चार टोलीमार्फत पठाउनुभएको अडियो सन्देशमा भेनेजुएलामा फेरि लोकतन्त्र स्थापना गरेरै छाड्ने उद्घोष गर्नुभएको बीबीसीले जनाएको छ । गोन्जालेजसहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले समेत अस्वीकार गरेको २८ जुलाईको चुनाव परिणामको विषयलाई लिएर देशमा अशान्ति शुरू भएपछि उहाँले देश छाड्नुभएको हो ।

उहाँले सबै भेनेजुएलाका नागरिकको राजनीतिक अधिकारका लागि स्पेन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया