एनपीएल : आज चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स ...
मंसिर २५, २०८१ मंगलबार
काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार ६ सय ४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।
नेप्से पछिल्लो चार कारोबार दिन लगातार घटिरहेकाे छ । नेप्से गएकाे हप्ताकाे बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियाे । नेप्से याे हप्ताकाे पहिलाे काराेबार दिन हिजाे २५ दशमलव ४६ अङ्कले घटेको थियो ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज उन्नति सहकार्य लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर भने झन्डै नौ प्रतिशतले बढेको छ ।
आज तीन सय २७ वटा कम्पनीका दुई करोड १० लाख कित्ता शेयर नौ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।