म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डाै – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार वटा विधाका मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आज काठमाण्डाैमा पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको अवार्डको चार वटा विधाका मनोनयन सार्वजनिक गरेको हो । चार विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । अवार्डका लागि क्रिकेटबाट सबैभन्दा धेरै पाँच जना परेका छन् ।
अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल, कराँतेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्फ कराँतेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परे ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार मनोनयन सार्वजनिक गरिएको हो । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।
यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटका अर्जुन कुमाल, भाराेत्ताेलनका हेमन्तपाल, फुटबलकी प्रीति राई, टेबल टेनिसका सुजन गडाल र टेनिसकी सुनिरा थापा छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा पारा तेक्वान्दाेका कविराज नेगी लामा, कराँतेका कुशल श्रेष्ठ, क्रिकेटका मोन्टी देसाई, कबड्डीकी पार्वती राई र भाराेत्ताेलनका सञ्जय मर्हजन मनोनयनमा परेका छन् ।
अवार्ड आउँदाे भदाै २८ गते कमलदीमा रहेकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एशियाली खेलकुद पत्रकार महासङ्घ (एआईपीएस, एशिया) को कंग्रेस पनि आयोजना गर्दैछ ।
यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।