दशैँ मनाउन आठ लाख जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिए
असोज २४, २०८१ बिहिबार
नाइजेरियामा तेल बोकेको ट्याङ्कर र मानिसहरूले भरिएको ट्र्क ठोक्किँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।
स्थानीय आपत्कालीन व्यवस्थापन एजेन्सीले तेलले भरिएको ट्याङ्कर ट्रकमा ठोक्किँदा विस्फोट भएको जनाएको छ । ट्रकमा मानिससँगै जनावर पनि थिए । ठोक्किएपछि दुवै गाडीमा आगलागी भएको र ट्याङ्कर विस्फाेट भएको भिडियो फुटेजमा देखिएको छ ।
विस्फाेट नभएको भए कम क्षति हुने तर विस्फाेटले गर्दा ठूलो मावनीय क्षति भएको सरकारी अधिकारीले बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै आपत्कालीन एजेन्सीका प्रवक्ता हुसेन इब्राहिमले दुर्घटना विगत केही वर्षयताकै सबैभन्दा खराब भएको बताउनुभएको छ । खराब सडकका कारण नाइजेरियामा बारम्बार यस्ता दुर्घटना हुने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।