नदी किनाराको मापदण्डबारे सर्वोच्चको फैसलाले ठूलाे समस्या ल्याउन सक्ने सांसदहरूको चेतावनी

 भदौ २४, २०८१ सोमबार १८:०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सांसदहरूले काठमाण्डाैका नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलाले हजारौं नागरिक घरबारविहीन हुने जोखिम रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएर सरकारले समाधान गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चकाे फैसलामाथि तत्काल पुनरावलोकन गर्न माग गर्नुभयो । सरकारले बेलैमा पुनरावलोकन निवेदन नदिएमा काठमाण्डाैमा एउटा विद्रोहको स्थिति निर्माण हुने सम्भावना रहेको केसीको भनाइ छ ।

यस्तै नेकपा एमालेका सांसद रघुजी पन्तले पनि सर्वोच्चको फैसलाले कहिलेकाहीँ व्यवहारिकतालाई नदेख्ने भएकाले यस्तै अवस्थाका लागि पुनरावलोकनको व्यवस्था राखिएको बताउनुभयो । सरकारले चाँडोभन्दा चाँडो पुनरावलोकन निवेदन दिनुपर्ने पन्तको माग छ ।

यस्तै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले अदालतको फैसलाले ठूलो समस्या ल्याउन सक्ने भएकाले बेलैमा समाधान खोज्न सुझाव दिनुभएको छ ।

सर्वोच्च अदालतले गएको पुस ३ गते बाग्मती र काठमाण्डौ उपत्यकाका अन्य नदी किनारामा बसेकाहरूलाई अन्यत्र स्थानान्तरण गर्न आदेश दिएको थियो । आदेशको पूर्णपाठले नदी किनारमा २० मिटर छाड्ने मापदण्ड अनुचित भएकाले थप २० मिटर बढाउन पनि आदेश दिएको थियो । सर्वोच्चको फैसलाअनुसार काठमाण्डाै महानगरले थपिएको २० मिटर क्षेत्रमा कुनै पनि संचरना बनाउन रोक लगाएपछि बहस शुरू भएको हो ।

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया