दशैँ मनाउन आठ लाख जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिए
असोज २४, २०८१ बिहिबार
काठमाण्डाै – इङ्गल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा श्रीलङ्का ८ विकेटले विजयी भएको छ ।
इङ्गल्यान्डले दिएको २ सय १९ रनको लक्ष्य श्रीलङ्काले तेस्रो दिनको खाना समयअघि नै मात्र २ विकेट गुमाएर भेटायो । श्रीलङ्काका पथुम निसान्काले शतक बनाए । इङ्गल्यान्डका क्रिस वोक्स र गुस एट्किन्सनले समान १ विकेट लिए ।
दोस्रो पारीमा इङ्गल्यान्ड १ सय ५६ रनमै अलआउट भएको थियो । उसका जेमी स्मिथले सबैभन्दा धेरै ६७ रन बनाए । श्रीलङ्काका लाहिरु कुमाराले ४ विकेट लिए ।
यस्तै इङ्गल्यान्डले पहिलो पारीमा अली पोपले शतक र बेन डकेटको अर्धशतकको मद्दतमा ३ सय २५ रन बनाएको थियो । यस्तै श्रीलङ्काले पहिलो पारीमा पथुम निसान्का, धनन्जय डी सिल्भा र कमिन्दु मेन्डिसको अर्धशतकमा २ सय ६३ रन बनाएको थियो ।
तीन खेलको टेस्ट शृङ्खला इङ्गल्यान्डले यसअघि नै जितेको थियो । इङ्गल्यान्ड पहिलो टेस्टमा ५ विकेट र दोस्रो टेस्टमा १ सय ९० रनले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।