ट्रम्प र किमबीच ‘वन अन वन’ वार्ता सकियो

 जेठ २९, २०७५ मंगलबार ८:२१:२१ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरीयाली नेता किम जोङ उनबीचको ‘वन अन वन’ वार्ता सकिएको छ । सिंगापुरमा भएको वार्तामा दुवै देशका केही अनुवादकको सहयोगमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किमले ‘वन अन वन’ वार्ता गरेका हुन् ।

वार्तामा दुवै देशका शीर्ष नेताले उठाएको विषय भने विस्तृतमा सार्वजनिक भएको छैन । शीर्ष नेताहरुले वार्ता सकारात्मक रहेको र थप वार्ता आ आफ्ना देशका सरकारी टोलीका बीचमा हुने प्रतिक्रिया दिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब दुई देशका अधिकारीहरु सम्मिलित वार्ता सुरु हुनेछ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया