दशैँ मनाउन आठ लाख जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिए
असोज २४, २०८१ बिहिबार
बझाङ – बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलेको छ । गएको बिहीवारदेखि परेको पानीले तमैल बजार नजिकै तथा बालुवा टावर भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि आज बिहानदेखि गाडी चल्न थालेका हुन् । राजमार्ग खुलेपछि जिल्लाबाट छुट्ने र जिल्लामा भित्रिने लामो तथा छोटो दूरीका सबै गाडी चल्न थालेका जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
ठूलो पहिरो खसेका कारण पहिरो पन्छ्याउन लामो समय लागेको हो । तर अहिले जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । पहिरोले राष्ट्रिय प्रसारण लाईनको पोल र तारमा समेत क्षति पुगेको थियो । विद्युत सेवा भने अस्ति आइतवार बेलुकादेखि नै सञ्चालनमा आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।