न्युजिल्यान्डसँगको टेस्ट शृङ्खलामा श्रीलङ्काको 'क्लिन स्वीप'

 असोज १३, २०८१ आइतबार १५:१६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खलामा श्रीलङ्काले 'क्लिन स्वीप' गरेको छ । दोस्रो टेस्टमा श्रीलङ्काले न्युजिल्यान्डलाई एक पारी र १ सय ५४ रनले हरायो ।

'फलो अन' मा परेको न्युजिल्यान्ड दाेस्रो पारीमा ३ सय ६० रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वे, टम ब्लुनडेल, ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले अर्धशतक बनाए । श्रीलङ्काका निशान पेरिसले ६ विकेट लिए ।

यसअघि घरेलु मैदान गलेमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले पहिलो पारीमा ५ विकेट गुमाएर ६ सय २ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा श्रीलङ्काका कमिन्दु मेन्डिजले नट आउट १ सय ८२ रन बनाएका थिए । यस्तै दिनेश चन्डिमाल र कुसल मेन्डिजले शतक तथा एन्जेलो म्याथ्युजले अर्धशतक बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३ विकेट लिए । यस्तै न्युजिल्यान्ड पहिलो पारीमा ८८ रनमै अल आउट भएको थियो । न्युजिल्यान्डका मिचेल स्यान्टनरले सबैभन्दा धेरै २९ रन बनाए । श्रीलङ्काका प्रभात जयसूर्याले ६ विकेट लिए ।

पहिलो टेस्ट क्रिकेटमा श्रीलङ्काले न्युजिल्यान्डलाई ६३ रनले हराएको थियो ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया