नेपाल, भारत र बङ्गलादेशबीच भोलि त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी

 असोज १६, २०८१ बुधबार ९:१७:२४ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल, भारत र बङ्गलादेशबीच भोलि त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । बङ्गलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । सम्झौतामा हस्ताक्षरको पूर्वसन्ध्यामा नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिव स्तरीय बैठक हिजो सम्पन्न भएको छ ।

नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्यतसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक काठमाण्डौमा सम्पन्न भएको हो ।

बैठकमा भोलि १७ गते नेपाल–भारत–बङ्गलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बङ्गलादेशबीचको ऊर्जा विकासका सम्भावनालगायतका विषयमा छलफल भएको कार्यदलका संयोजक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिनुभयो ।

नेपाल र बङ्गलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लूजी) ले गरेको निर्णयबारेमा आज सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा पेस गरिनेछ ।  
 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया