दशैँका लागि नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत, तर सटही २५ अर्बले घट्यो

 असोज २४, २०८१ बिहीबार १२:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले दशैँका लागि यस वर्ष नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत भएको छ । तर नोट सटहीको चाप भने घटेको छ । गएको वर्ष राष्ट्र बैङ्क काठमाण्डौ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष झन्डै चार अर्बमा सिमित भएको छ । यो झन्डै २५ अर्बले कम हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट भन्डै दुई अर्ब र अन्य बैंकबाट पनि त्यहि बराबरीको नोट सटही भएको अनुमान गरिएको छ ।

नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छ भने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट व्यहोर्न नपरेको पनि उहाँको भनाई छ । अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि झन्डै डेढ अर्ब रुपैयाँ खर्च लागेको थियो ।

“देशभर ६६ लाख घरपरिवार छन् । त्यसमा ५० प्रतिशत अर्थात् ३३ लाख परिवारलाई नयाँ नोट सटहीको पहुँच नभएपनि आधाका लागि विभिन्न दरका नोट छाप्न छ अर्बसम्म खर्च हुन्छ ।” यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी अहिले चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको नीतिअनुरुप यस वर्षको मुख्य चाडपर्वमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुने भएका छन् ।

अन्तिम अपडेट: कात्तिक २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया