भावी प्रधानन्यायाधीशको सिफारिस आज हुने सम्भावना

 जेठ २९, २०७५ मंगलबार १२:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना बढेको छ । संवैधानिक परिषदको बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएकाले भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना बढेको हो ।

परिषदको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । गएको फागुन ३० गतेदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीसको भरमा चलिरहेको छ ।

आजको बैठकले कायममुकायम प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबरामध्ये एकजनालाई प्रधानन्याधीसका लागि सिफारिस गर्ने सम्भावना छ । 

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा कानूनमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य हुन्छ्न्।

संवैधानिक परिषद्ले सिफारिस गरेका ब्यक्तिलाई संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने ब्यवस्था  छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया