लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

 असोज २९, २०८१ मंगलबार १२:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको पछिल्लो आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै छानबिन गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' मा संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (यूएनआईएफआईएल) का शान्ति सैनिकमाथि लेबनानमा इजरायलबाट हालै भएको आक्रमणको निन्दा गर्दै सङ्घर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र सङ्घकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो । लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र सङ्घको शान्ति सेनाको रूपमा खटिँदै आएको छ ।

राष्ट्र सङ्घका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना अस्ति आइतवार बलजफ्ती प्रवेश गरेका थिए । हिजो इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए ।

संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा योगदान दिने नेपालसहित विभिन्न देशले इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् । साथै उनीहरूले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न र शान्ति कायम राख्न आवश्यक पहल गर्न सम्बन्धित पक्षलाई आह्वानसमेत गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया