देशभर मोबाइल एप्लिकेशन सञ्चालन गर्ने सरकारको तयारी

 मंसिर १२, २०७५ बुधबार १८:१७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – सरकारले चालू आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा ‘मोबाइल एप्लिकेशन’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

स्थानीय तहका नागरिकलाई प्रदान गरिने सबै सेवासहितको सूचना समावेश गरिएको मोबाइल एप्लिकेशन चालू आर्थिक वर्षभित्र सबै स्थानीय तहमा सञ्चालनमा ल्याउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको सूचना प्रविधि विभागले जानकारी गराएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले स्थानीय तहमार्फत नागरिकलाई प्रदान गरिने सेवाको सूचना समावेश गरिएको त्यो मोबाइल एप्लिकेशन चालू आर्थिक वर्षभित्र ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने गरी कामलाई अघि बढाइएको जानकारी दिनुभयो ।

विभागले अहिलेसम्म सो सेवा सय वटा स्थानीय तहमा सञ्चालन गरेको छ । गएको श्रावण १८ गते प्रधानमन्त्री केपी ओलीले त्योे सेवाको काठमाडौंमा एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको थियो ।

सरकारले स्थानीय तहको सेवाबारे नागरिकलाई जानकारी दिन र त्यहाँ सुशासन सुनिश्चित गराउने उद्देश्यका साथ सो सेवा सञ्चालनमा ल्याएको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया