इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हरायाे

 कात्तिक २६, २०८१ सोमबार ७:३५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले लेस्टरलाई ३–० गोलले हराएको हो ।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र अलेजान्ड्रो गर्नाचोले एक/एक गोल गरे । लेस्टरले एक गोल आत्मघाती गर्‍यो । जीतसँगै युनाइटेड ११ खेलमा १५ अङ्कसहित १३ औँ स्थानमा छ । लेस्टर १५ औँ स्थानमा छ ।

गएराति भएको अर्को खेलमा चेल्सी र आर्सनलले १–१ गोलको बराबरी खेलेका छन् । चेल्सीका पेट्रो नेटो र आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरे । समान १९ अङ्ककासाथ चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।

अर्को खेलमा न्युक्यासलले नटिङहम फरेस्टलाई ३–१  गोलले हरायो । नटिङहम  १९ अङ्कसहित पाँचौँ र न्युक्याशल १८ अङ्कसहित आठौँ स्थानमा छ । अर्को खेलमा, इपस्वीच टाउनले टोटनहमलाई २–१ गोलले हरायो । टोटनहम दशौँ, इपस्वीच टाउन १७ औँ स्थानमा छ । 

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया