कतार एअरवेजले भोलिदेखि भैरहवामा नियमित उडान गर्ने, एअर अरेबिया पनि इच्छुक

 कात्तिक २६, २०८१ सोमबार १०:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । कतार एअरवेजले भोलि मङ्गलवारदेखि दोहा–भैरहवा–काठमाण्डौ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले उज्यालोलाई जानकारी दिनुभयो ।

कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुनेछ । यो जहाज भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाण्डौका लागि उड्नेछ । यही जहाज दोहाका लागि काठमाण्डौबाट बेलुका ६ बजे ५५ मिनेटमा उड्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । आउँदो मङ्सिर १५ गतेसम्मको लागि कतारले पेस गरेको उडान तालिका क्यानले स्वीकृत गरेको छ । कतारले यसअघि त्रिभुवन विमानस्थलमा दैनिक चार वटा उडान गर्दै आएकोमा स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द भएपछि कतारका दैनिक दुई वटा उडान भइरहेका छन् ।

भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । एअर अरेबियाले पनि भैरहवामा उडानको चासो देखाएर जानकारी लिएको महाप्रवन्धक तिवारीले बताउनुभएको छ ।

२०७९ सालको जेठदेखि सञ्चालनमा आएको भैरहवामा लामो समय अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका स्थानीय र व्यवसायी अहिले भने उत्साहित हुन थालेका छन् ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया