पाकिस्तानका ब्याटर शोएब मक्सूदले जनकपुरबाट एनपीएल खेल्ने

 कात्तिक २६, २०८१ सोमबार १५:२६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानका ब्याटर शोएब मक्सूदले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३७ वर्षीय ब्याटर मक्सूदलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनकपुरले जनाएको छ ।

मक्सूदले पाकिस्तानका लागि २९ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र २६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस्तै उनले १ सय ७० टी–२० क्रिकेटमा तीन हजार नौ सय २८ रन बनाएका छन् ।

जनकपुर बोल्ट्सले यसअघि श्रीलङ्काली मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्था, पाकिस्तानकै मुहम्मद मोहसिन, अमेरिकाका जोशुआ ट्रोम्प र न्युजिल्यान्डका जेम्स नीशमलाई अनुबन्ध गरेको थियो ।

जनकपुरको मार्की खेलाडी राष्ट्रिय टोलीका विकेटकीपर ब्याटर आसिफ शेख छन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया