प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि झापालाई

 मंसिर १३, २०७५ बिहिबार १८:३५:६ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – मदन भण्डारी स्पोर्ट एकेडेमीको आयोजनामा धनकुटामा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाले उचालेको छ । 

आज धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा झापाले ओखलढुंगालाई २३–२५, २५–१४, २५–२० र २५–२३ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । जितसँगै झापाले ट्रफीसहित १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको ओखलढुंगाले ट्रफीसहित एक लाख एक हजार रुपैयाँ प्राप्त गर्‍यो । यसअघि भएको खेलमा सुनसरीले भोजपुरलाई २५–२७, २९–२७, २२–२५, २५–१९, १५–१३ को सेटमा पराजित गर्दै तेश्रो स्थान प्राप्त गर्‍यो भने भोजपुरले चौथो स्थानमै चित्त बुझायो । 

तेस्रो स्थान प्राप्त गरेको सुनसरीले ट्रफीसहित ५१ हजार र चौथो भएको भोजपुरले २५ हजार रुपैयाँ प्राप्त गर्‍यो । विजेता टिम र खेलाडीलाई मुख्यमन्त्री शेरधन राई र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगद ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए । मुख्यमन्त्री शेरधन राईले कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारीको मार्ग दर्शनमा देश अगाडि बढी रहेको बताउनुभयो ।     

मदन भण्डारी स्पोर्ट्स एकेडेमी एक नम्बर प्रदेशको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया