अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र मातहतका कार्यालयमा हट्यो ढड्डा हाजिरी

 मंसिर ६, २०८१ बिहीबार १८:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र मातहतका कार्यालयहरूमा ढड्डा हाजिरी हटेको छ । सन्धिखर्क नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालय मातहतका सबै कर्मचारी शिक्षकले बिहान कार्यालय प्रवेश गर्दा र काम सकेर फर्कँदा ई–हाजिरी गर्न थालेका छन् ।

सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारी एक सय ५९ जना र नगरभित्रका १० वटा माध्यमिक विद्यालयका दुई सय ५७ जना शिक्षक/कर्मचारीका लागि ई–हाजिरी लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । कर्मचारीले अब ढड्डामा हाजिरी गर्न नपर्ने उहाँको भनाइ छ ।

आधारभूत तहका विद्यालयमा पनि छिट्टै याे हाजिरी प्रणाली लागू हुने नगरपालिकाले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया