नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर, २६ कराेड ७५ लाख भारुमा पञ्जाबमा अनुबन्ध

काठमाण्डाै – भारतीय क्रिकेट टिमका सदस्य श्रेयस अय्यर इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् ।

आउँदाे वर्षकाे आईपीएलका लागि आज भएकाे अक्शनमा अय्यरलाई पञ्जाब किङ्ग्सले २६ कराेड ७५ लाख भारुमा अनुबन्ध गरेकाे हाे । यसअघि काेलकाता नाइट राइडर्समा रहेका अय्यरकाे न्यूनतम अक्शन मूल्य २ कराेड भारु रहेकाे थियाे ।

यसअघि मिचेल स्टार्कलाई गएकाे वर्ष काेलकाता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद