सर्लाहीमा सशस्त्र प्रहरीको जीप दुर्घटना, ६ जना घाइते

 मंसिर १५, २०७५ शनिबार ६:०:३७ | रामबाबु खड्का
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सर्लाही – सर्लाहीमा सशस्त्र प्रहरीको जीप दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् ।

नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत ढग्रा पुलमा  शुक्रबार  साँझ ना १ झ ६९३ नम्बरको टाटा पिकअप जीप  पुलमा ठोक्किएको  सशस्त्र प्रहरीका उपरीक्षक समरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

दुर्घटनामा परि घाइते हुनेहरुमा जीपका चालक सशस्त्र प्रहरी जवान उपेन्द्र गुरुङ्ग, वरिष्ठ हबल्दार रामपुकार राय यादव, सशस्त्र प्रहरी जवान पूर्णबहादुर पौडेल, जवान रविन्द्र चौधरी रहेका छन् । 

घाइतेलाई उपचारका लागि वीरगंज पठाइएको छ । कविलासीको गैर चोकस्थित चेक प्वाइन्टको ड्यूटी टोलीलाई पालो दिन  सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर आउँदै गरेको  जीप दुर्घटनामा परेको हो  । जीप पुरानो  भएकाले स्टेरिङ्ग फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया